काठमाडौं । कुखुराको अण्डाको मूत्य बृद्धि भएको छ । केही समय देखि स्थीर रहेको अण्डाको मूत्य मंगलबारदेखि बृद्धि भएको हाे ।
प्रतिक्रेट रु २०० मा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य रु २८० पुगेको छ भने प्रतिक्रेट ११५ मा बिक्री हुँदै आएको सानो अण्डाको रु २३० पुगेको छ ।
अण्डाको मूत्यमा बृद्धि भएपनि कृषहरुले भने अझै लागत मूल्य पाउन सकेका छैनन् । कुखुराको लागि आवश्यक पर्ने दाना र स्याहारमा धेरै खर्च गरेका कृषकले अण्डाबाट भने खासै लाभ लिन सकेका छैनन् ।
कृषहरुको मेहनअनुसार प्रतिगोटा १० पर्दट भने बढ्को मूत्य ८ रुपैया ५० पैसा पर्दछ । त्यसैले कृषले अझै पनि लाभ लिन सकेका छैन ।
हाल दैनिक ४० लाख हाराहारी अण्डा उत्पादन हुने गर्दछ । यो सङ्ख्या ५५ लाख पुगेकोमा क्रमशः घट्दै आएको छ ।
अण्डाको मूल्य कम भएपछि धेरैले माउ कुखुरा बिक्री गरेका छन् भने चर्को गर्मीका कारण उत्पादनमा पनि कमी आएको कृषकले बताएका छन् ।
अण्डाको मूत्यमा आएको गिरावटका कारण कृषकले चल्ला समेत खरिद गर्न छोडेका छन् ।













