‘उज्यालोको देउता’ उपमा पाएका कुलमान अन्ततः पराजित


काठमाडौँ । ‘उज्यालोको देउता’ उपमा पाएका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ अन्ततः पराजित भएका छन् । काठमाडौँ क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिष्प्रर्धामा रहेका घिसिङ रास्वपाका राजुनाथ पाण्डेसँग पराजित भएका हुन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका छन् । उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले भने ११ हजार १७१ मत ल्याए । राजुनाथ पाण्डेसँग कुलमान ७ हजार ५८६ मतले पराजित भएका हुन्।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहँदा लोडसेडिङ हटाएर उज्यालो नेपालका देताको उपमा पाएका घिसिङ पछिल्लो समय जेन्जी आन्दोलन पछि मन्त्रीको समेत जिम्मेवारी पाएका थिए । मन्त्रीको जिम्मेवारीमा रहँदा ३ महिनाको कार्यकालमा घिसिङले सबै भन्दा राम्रो काम गरेर चर्चा समेत बटुलेका थिए । पछि भने देश निर्वाचनमा जाने भएपछि मन्त्री पदबाट राजिनामा दिएर उज्यालो नेपाल पार्टी स्थापना गरी उनी चुनावी मैदानमा होमिएका थिए ।

लोडसेडिङ हटाएँ, अब विकृति हटाउँछु भन्दै चुनावी मैदानमा होमिएका घिसिङले अन्ततः पराजय व्यहोर्नु पर्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार