काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले बाढी, पहिरो र डुवान पीडितहरुलाई आर्थिक सहयोग गर्ने भएको छन् ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार जारि गरेको विज्ञप्ति अनुसार सांसदहरुले आफ्नो पाँच दिनको तलब सहयोग गर्ने भएका हुन् ।
“कांग्रेसले सरकारको यस्तो असंवेदनशिल, अनुत्तरदायी र असहिष्णुता कार्य प्रति खेद प्रकट गर्दछ”, जारि विज्ञप्तीमा उल्लेख छ ।
जनताका दुख पीडामा सधैं कांग्रेस साथ रहेको भन्दै काँग्रेसले विपद प्रभावितहरुलाई सरकारले तत्काल राहात तथा पुर्नस्थापना गर्नुपर्नेमा जोड दिएको छ ।










