
रौतहट । त्रिवि शिक्षण अस्पतालका प्रा। डा। गोविन्द केसी तराईको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । बाढि र डुबानबाट प्रभावित स्थानियहरुको स्वास्थ्य जाँच गर्न डा. केसी त्यहाँ पुगेका हुन् ।
बाढिबाट बढि प्रभावित तराईको रौतहटको भावित ईशनाथ नगरपालिकाको बन्जरहा पुगेर डा केसीले प्रभावितहरुको स्वास्थ्य जाँच सुरु गरेका हुन ।
काठमाडौंबाट शुक्रबार नै बन्जरहा पुगेका डा. केसीले त्यहाँको स्वास्थ्य चौकीमा आएका विरामीहरुको स्वास्थ्य परीक्षण गरिरहेका छन् । डा. केसीका अनुसार बाढि र डुबानबाट प्रभावितहरुमा झाडा पखालासँगै भाइरल ज्वरोलगायतका रोग र स्वच्छ पानीको अभावका कारण छालाको समस्या पनि देखिएको छ ।
प्रभावितहरुका लागि स्वच्छ पिउने पानी र शौचालयको टडकारो आवश्यकता रहेको डा केसीले बताए ।
डा. केसीले शुक्रबार मात्र १४० जना स्थानीयको स्वास्थ्य परीक्षण गरेका थिए ।









