काठमाडौं । एक्कासी मौसमबदली भइ आगामी तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने बताइएको छ । मौसमविदहरुको पूर्वानुमान अनुसार शुक्रबारदेखि आइतबार तीन दिनसम्म देशका केही स्थानहरुमा मेघ जर्गन र चट्याङ्गसहित बर्षा हुनेछ ।
मौसम पूर्वानुमान महाशाखाले पश्चिमको पहाडि भूभागको एक वा दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
शुक्रबार दिउँसो भने देशभरको मौसममा आंशिकदेखि सामान्य बदली भइ केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार राति भने पश्चिमी पहाडि भू-भागका एक वा दई स्थानमा भारी वर्षाको सम्भावना छ ।
शनिबार दिउँसो र राति पनि देशभरको मौसममा आंशिकदेखि सामान्य बदली भइ केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले अनुमान गरेका छन् ।
आइतबार दिउँसो पनि शनिबार दिउँसोको जस्तै अवस्था रहने छ । तर, राति भने पश्चिमी भू-भागका केही स्थानहरुमा तथा मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ ।
हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतिर अवस्थित छ ।
त्यसैले हाल देशको पूर्वी, पश्चिमी तथा मध्य पहाडी भूभागमा सामान्य बदलीको अवस्था छ ।









