मुस्लिम धर्मावलम्बीहरुले बकर इद मनाउँदै

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद मनाइरहेका छन् । विश्वभर रहेका मुस्लिम समुदायहरुले विहानै मस्जिदमा गई नवाज पढ्दै प्रार्थनासहित एकअर्कालाई शुभकामना आदनप्रदान गरेर यो पर्व मनाइरहको छन् ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने मुस्लिम धार्मिक परम्परा छ । नेपाली मुस्लिमहरुले पनि यस पर्वको अवसरमा विहानै मस्जिदमा गई प्रार्थनासहित शुभकामना आदानप्रदान गरेका छन् । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।

हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको बताइन्छ ।

बकर इदका अवसरमा सोमबार दरबारमार्गको नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिदलगायतमा मुस्लिम समुदायका मानिसहरु नमाज पढ्न घुइँचो लागेको छ । नेपालमा मस्लिम समुदायको काठमाडौं, नेपालगंज लगायत तराइका जिल्लाहरुमा बढि बसोबास रहेको पाइन्छ ।

बकर इदको अवसरमा प्रदेश २ र ५ मा सार्वजनिक विदा दिइएको छ । २०६८ सालको जनगणना अनुसार ४ दशमलब ४ प्रतिशत मुस्लिम समुदायको बसोबास रहेको छ ।

बकर इदका अवसरमा सरकारले ०७४ सम्म राष्ट्रियरुपमा सार्वजनिक छुट्टी दिँदै आएको भएपनि २ वर्षदेखि कटौती गरेको छ । इदसंगै नेपालका अन्य अल्पसंख्यक धार्मिक समुदायले मनाउने प्रमुख चाँडपर्वहरुमा दिइदै आएको राष्ट्रिय विदालाई पनि सरकारले कटौती गरेको छ । दिइदै आएको विदालाई यथावत राखियोस भन्दै ति समुदायबाट आवाज उठ्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार