
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह आठ दिनपछि अस्पतालबाट डिस्र्चाज भएका छन् । स्वास्थ्यमा एक्कासी समस्या आएपछि गत सोमबार दिउँसो काठमाडौंको मेडिसिटी अस्पताल भर्ना हुनु भएका उनि आज दिउँसो डिस्र्चाज भएको उनको निजि सचिवालयले जनाएको छ ।
सिंहको उपचारमा डा. मिमि गिरी नेतृत्वको चिकित्सकको टोली सहभागि थियो । चिकित्सकको भनाई अनुसार डिस्र्चाज भएपनि नेता सिंह अझै केही दिन घरमै आराम गर्नेछन् । अस्पतालका अनुसार नेता सिंहलाई ‘हाइ सुगर’, उच्च ज्वरो र पिसाबमा संक्रमण देखिएको थियो ।









