वीरगञ्ज । वीरगञ्जमा आज साँझ फेरि अर्को विष्फोट भएको छ । विष्फोटबाट परी बारा परवानीपुर गाउँपालिका वडा नं ५ का अमरजित प्रसाद पटेल घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पटेलको दाहिने खुट्टामा चोट लागेको छ ।
साँझ करिब साढे ७ बजे वीरगञ्ज महानगरपालिका वडा नं ९ घण्टाघर नजिकै रहेको तरकारी बजारमा विष्फोट भएको प्रहरीको भनाइ छ । विस्फोट शक्तीशाली नभएर सामान्य पटाका बम हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनाबारे अनुसंन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि वीरगञ्जको विर्ता बजारमा पनि विष्फोट भएको थियो, जसमा परी तीन जना घाइते भएका थिए ।











