‘रबि मेरो मृत्युको कारण तिमी हौ,तिमीलाई फाँसी दिनुपर्छ, पत्रकार शालिकराम पुडासैनीको सनसनीपूर्ण भिडियो सार्वजनिक

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या अगाडिको सनसनीपूर्ण भिडियो सार्वजनिक भएको छ । पत्रकार पुडासैनीले धरधरी रुंदै आफुले आत्महत्या गर्नुको मुख्य कारण रवि लामिछाने भएको बताएका छन् ।

लामिछानेसंगै अन्य दुइृजनाको पनि नाम लिएका छन् । भिडियोमा उनले आफना आमाबुवा र श्रीमतीलाई अन्तिम सन्देश दिंदै माफी मागेका छन् ।

उक्त भिडियोमा आफूलाई आत्महत्याका लागि न्युज ट्वान्टीफोका युवराज कँडेल, रवि लामिछाने र एक युवतीले बाध्य बनाएको खुलाइएको छ । यस्तै, पत्रकार रवि लामिछानेले ठूला व्यापारी, बालुवाका ठेकेदारसँग के कसरी पैसा लिन्छन् भन्नेबारे समेत भिडियोमा उल्लेख छ ।
हेर्नुहोस यो सनसनीपुर्ण भिडियो

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार