समर्थकहरुको प्रदर्शनकाबीच रवि लगायत ३जनालाई अदालतमा उभ्याईयो

चितवन | पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेलाई  केहिबेर अघि मात्रै जिल्ला अदालत, चितवनमा उपस्थित गराइएको छ ।

रविलाई रिहाई गरिनु पर्ने भन्दै आज बिहानैदेखि जिल्ला प्रहरी कार्यालय अगाडी उनका समर्थकले गरिरेको प्रदर्शनका बीच उनीसहित ३ जनालाई अदालतमा उपस्थित गराइएको हो ।

कानूनमा भएको व्यवस्था अनुसार आत्महत्यामा दुरुत्साहन गरेको अभियोग लागोकालाई अदालतको आदेशम प्रहरीले २५ दिनसम्म हिरासतमा राख्न सक्छ ।

पत्रकार पुडासैनीले आत्महत्या  गर्नुपुर्व  आफुलाई मर्न वाध्य पारेको भन्दै रविसंगै न्यूज २४ का पत्रकार युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीको नाम लिएपछि त्यसबारे अनुसंन्धान गर्ने भन्दै हिजो काठमान्डौबाट पक्राउगरी राती नै चितवन पुर्याएको थियो |

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार