चितवन । रवि लामिछानेका सर्मथकहरुद्धारा चितवनमा दिनभर जारि प्रर्दशन साँझ आइपुग्दा झडपमा परिणत भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थक र प्रहरीविच झडप भएको हो ।
झडपमा परी ६ जना प्रहरी घाइते भएका छन् । प्रर्दशनकारी उग्र हुँदै प्रहरी कार्यालयमा ढुँगामुडां, र फलामका रडहरु प्रहार गर्दा प्रहरी घाइते हुन पुगेको हरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए । उग्र भिडलाई नियन्त्रण गर्न प्रहरीले केही राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको थियो छ ।
रवि लामिछानेका समर्थकहरुले टेण्ट टाँगेर जिप्रका अगाडिनै बस्ने प्रयास समेत गरेको प्रहरीको भनाइ छ ।
पत्रकार शालिकराम पुडासैनीको आतमहत्या प्रकरणमा अनुसंन्धानका लागि पक्राउ परेका रवि लगायत ३ जनालाई आज अदालतको अनुमतीमा प्रहरीले ५ दिनसम्म थुनामा राखेर अनुसंनधान सुरु गरेको छ ।
रविको निर्दोष छन भन्दै दिनभरी प्रर्दशन गरेका उनका सर्मथकले साँझ उर्ग बन्दै प्रहरी कार्यालयमाथी नै आक्रमण गर्दा झडपको स्थिती भएको प्रहरीको भनाई छ ।
एसपी मल्लका अनुसार स्थितीलाई नियन्त्रमा लिने प्रयास जारि रहेको छ ।










