रेडियो नेपालमा कार्यरत पत्रकार अधिकारीको जीप दुर्घटनामा परी मृत्यु

राजविराज । जीप दुर्घटनामा परी पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । बा १६ च २२३५ नम्बरको जीप शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११ मा बक्साहामा दुर्घटना हुँदा पत्रकार अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार दुर्घटनामा अन्य चार जना घाइते छन् । घाइतेमध्ये चालक अशोक भण्डारीको अवस्था गम्भीर छ। अन्य घाइतेहरुलाई उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ ।

रेडियो नेपालमा कार्यरत ३५ वर्षीय पत्रकार अधिकारीको रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ घर हो ।
पत्रकार अधिकारीसहितको टोली तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलनका लागि त्यसतर्फ गइरहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार