चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्यू २४ का रवि लामिछाने निर्दोष भन्दै उनका समर्थकहरुले सोमबार पनि चितवनको चौबिसकोठीमा प्रदर्शन गरिरहेका छन् ।
सोमबार बिहान प्रर्दशनकारीहरु निषेधाज्ञा उलंघन गरेपछि प्रहरीसंग झडप भएको हो । झडपमा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको चितवन प्रहरीले जनाएको छ ।
पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा रबिलाई फसाउन खोजिएको भन्दै उनका सर्मथकहरुले बिगत चारदिनदेखि चितवनको भरतपुरमा प्रर्दशन गरेका छन् ।
प्रर्दशनकारीहरुले अनुसंन्धान नै प्रभावित हुनगरी बिगत चार दिनदेखि प्रहरी कार्यालय लगायत सम्मानित अदालत अगाडी जारी प्रर्दशन नरोकेपछि प्रहरीले सुरक्षा ब्यवस्था कडा पारेको छ । प्रर्दशनका नाममा अनुसंन्धानलाई प्रभावित गर्न खोज्ने, प्रहरीमाथी जाइ लाग्नेलाई पक्राउ गरी कडा कारवाही गर्ने जिल्ला प्रहरी कार्यलय चितवनले बताइ सकेको छ ।
पत्रकार आत्महत्या प्रकरणमा नाम जोडिएपछि न्युज २४ का कार्यक्रम प्रस्तोता संचारकर्मी रबि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की रुकुलाई प्रहरीले पक्राउ गरी अनुसंन्धान गरिरहेको छ । उनिहरुलाइृ अदालतको अनुमतीमा प्रहरीले ५ दिनका लागि थुनामा राखी अनुसंन्धान गरिरहेको हो । आरोपित रबि लगायत तिनै जनालाई भोली पुनह थुनचेक वहसका लागि अदालतमा उपस्थित गराइनेछ ।










