पूर्वयुवराज पारसमाथि प्रहरीले छानविन गर्ने

काठमडौं । सुरक्षार्थ खटिएका प्रहरी माथि पूर्वयुवराज पारस शाहले हातपात गरेपछि त्यसको चर्को विरोध भइरहेको छ । देशको अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी माथि नै गरिएको हातपातको जनस्तरबाट चर्को विरोध भएपछि प्रहरीले छानबिन गर्न लागेको छ ।

पारसले आइतबार साँझ विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक सई ईश्वर खत्रीलाई हातपात गरेका थिए । उनले सार्वजनिक स्थलमै बर्दिका प्रहरी माथि हातपात गरेकाले छानबिन हुनुपर्ने भन्दै विरोद्ध भएपछि प्रहरीले घटनाको छानबिन गर्न लागेको हो ।

घटनाको छानविनका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षत्रीले विमानस्थल प्रहरीलाई निर्देशन दिएको जानकारी दिएका छन् । साथै उनले विमानस्थल प्रहरीलाई घटनाको विवरण समेत मागेको बताए ।

पारसले आफ्ना छोरा र भाञ्जामाथि प्रहरीले ‘अपमान’ गरेकोले खत्रीलाई छातीमा समातेर धकलेको भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा पारले सई खत्रीलाई झम्टिएको देखिएको छ ।

उनको यो कार्यमाथि चौतर्फि विरोध भइरहेको छ । जनताको सेवामा खटिएका प्रहरी माथि हातपात गरेकाले उनलाई कारवार्हिको माग समेत गरिएको छ ।

आमा कोमल शाह र छोराछोरीलाई थाइल्यान्ड जान लागेको समयमा बिदाई गर्न पारस  आइतबार साँझ  विमानस्थल पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार