प्रदेश २ मा विदैविदा, कृष्ण जन्माष्टमीमा पनि सार्वजनिक विदा

जनकपुरधाम । प्रदेश २ ले केन्द्र सरकारले नराखेका विदा पनि सार्वजनिक विदामा मिलाउने गरेको छ । कसैले सार्वजनिक विदा हुनुपर्छ भनेर माग गर्दा अर्को दिन प्रदेश सरकारले विदा दिने गरेको हो ।

यसैबीच कृष्ण जन्माष्टमीका दिन पनि सार्वजनिक विदा दिइने भएको छ । भदौ ६ गते शुक्रबारका दिन परेको कृष्ण जन्माष्टमीको प्रदेश सरकारले सार्वजनिक विदा दिएको मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् ।

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले कृष्ण जन्माष्टमीको दिन सार्वजनिक विदाको माग गर्दै मुख्यमन्त्रीलाई बुधबार ज्ञापन पत्र बुझाएका थिए । मुख्यमन्त्री राउतले यसअघि नै प्रदेश सरकारले क्यालेण्डरमा यो पर्वको सार्वजनिक विदा उल्लेख गरिसकेकाले विदा हुने जानकारी गराए ।

रहेक चार्डपर्वमा प्रदेश सरकारले सार्वजनिक विदा दिदै आएको छ । स्थानीयले मनाउने सामान्य पर्वमा पनि विदा दिन थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार