
काठमाडौँ । सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले युट्युव लगायतका सामाजिक सञ्जालबाट समाजमा भ्रामक र उत्तेजना फैलाउने काम भइरहेको बताएका छन् ।
मन्त्रालयको बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोकोटाले भने, अहिले युटुब, फेसबुक लगायतका सामाजिक संजालले भ्रम सिर्जना गर्ने, उत्तेजना फैलाउने काम गरिरहेका छन् । जसले समाजमा अपृय घटना पनि भइरहेका छन् ।
मन्त्री बास्कोटाले न्याय सम्पादनको विषयमा सोसल मिडिया ट्रायल भइरहेको भन्दै यसले अदालती पकृयालाई प्रभावित पार्ने बताए । अपराधजन्य घटनाको अनुसन्धानलाई नै प्रभावित हुने गरी यो ठीक हो, यो बेठीक हो भन्ने सम्मका सामाग्री युटुब, फेसबुकमा भेटिने गरेको उनको भनाई थियो ।
युटुबरहरुले प्रेस कार्ड समेत नलिने भएकाले यो पत्रकारिताको धर्म र मर्म विपरीत गइरहेको उनको ठम्याई छ । मन्त्री बास्कोटाले मंगलबार सिंहदरवारभित्रै राष्ट्रिय योजना आयोगका एक कर्मचारीले गरेको आत्महत्याको प्रसंग जोड्दै भने, “युटुबरहरु अस्ति धन्न सिंहदरबारभीत्र भएको आत्महत्याको भिडियो खिच्न आइपुगेनन्, आइपुगेको भए के के हुन्थ्यो होला हेड्लाइन् ? आफै अनुमान गरौं ।”
यस्तै बिकृती हटाउन सरकारले सूचना प्रविधि विधेयक संसदमा दर्ता गरेको मन्त्री बास्कोटाले बताए ।
मन्त्री बास्कोटाले युटुब र फेसबुक लगायतका सामाजिक सञ्जालबाट प्रभावित हुंदै ठूला मिडिया हाउस पनि यिनीको बाटोमा किन चलेको, भन्दै प्रश्न गरे ।
सरकरले मिडियालाई जिम्मेवार बनाउन र सामाजिक सञ्जाल नियमन गर्न फरक फरक बिधेयक ल्याएको दावी गरे ।









