अध्यक्ष प्रचण्डले पहिलो पटक बोलाए सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सचिवालय बैठक बोलाएका छन्।
सोमबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा महानगर कमिटीका पदाधिकारी, प्रवास र केही आयोगका प्रमुख उपप्रमुख टुंग्याउने बिषयमा बैठक बोलाइएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए।

पार्टी कार्यालयमा पहिलो पटक बस्न लागेको बैठकमा छलफलका लागि पार्टीका शिर्षस्थ नेताहरुलाई बोलाइएको छ ।
बैठक डाक्नुअघि अध्यक्ष प्रचण्डले पार्टीका नेताहरुसँग छलफल गरेका थिए । उनले आईतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसंग पनि भेटवार्ता गरेका थिए ।

यस्तै वरियता घटुवा गरेको भन्दै असन्तुष्ट बनेका वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रचण्डले शुक्रबार आफ्नै निवास खुमलटारमा बोलाएर भेटवार्ता गरेका थिए ।

नेता वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने निर्णय गरेसँगै नेता नेपालले तत्कालीन एमालेका तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावललाई पनि सचिवालयमा ल्याउनुपर्ने माग पनि गरेका छन् । तर, नेता नेपालको मागलाई अर्का अध्यक्ष ओलीले ठाडै अस्वीकार गरिदिएका थिए ।

यो पनि पढ्नुस

चितवनमा प्रहरी र रवि समर्थकबीच झडप, अश्रुग्यास प्रहार, केही प्रहरी घाइते

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार