भवन भासिँदा भारतमा बझाङका तीन जनाकाे मृत्यु,

काठमाडौं । भारतकाे बैंगलोरमा भवन भासिँदा एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ । राति सुतिरहेका बेला भएको उक्त घटनामा अन्य दुई जनाको पनि मृत्यु भएको छ ।

घटनामा परी मृत्यु हुनेमा बझाङको थलारा गाउँपालिका–२ बगाडाका नारायण खड्का, उनकी श्रीमती निरु खड्का र चार वर्षे छोरी अनुष्का खड्का रहेका छन् ।

मृतकका छोरा भने धनगडीमा बस्दै आएका छन् । उनीहरू रोजगारीका लागि केही वर्ष पहिले देखि परिवार सहित बैंगलोर बस्दै आएका थिए । मृतक नाराण खड्का बैंगलोरको शिवनगरस्थित ‘साइ आदि अम्बल’ अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्थे ।

उनीहरु बस्दै आएको अपार्टमेन्टको भुइँतला भासिँदा तीनै जनाको मृत्यु भएको खड्काका भाइ कमल खड्काले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार