रवि लामिछानेले टिभी कार्यक्रममा शालिकरामको बिषयमा बोल्न नपाउने

काठमाडौं । आत्महत्या दुरुत्साहनको मुद्दा खेपिरहेका संचारकर्मी रवि लामिछानेलाई जिल्ला अदालत चितवनले अब यसबारे उनको टेलिभिजन कार्यक्रममा बोल्न नपाउने निर्णय गरेको छ । शालिकराम पुडासैनीको आत्महत्याको मुद्दा लागेका लामिछानेलाई सोमबार भएको थुनछेक बहसपछि अदालतले पुडासैनीको विषयमा कार्यक्रम चलाउन नपाउने निर्णय गरेको हो ।

रिहा भएसँगै उनलाई  मुद्दाको किनारा नलागेसम्म यसअघि न्युज २४ टेलिभिजनबाट सञ्चालन हुँदै आएको सिधाकुरा जनतासँग कार्यक्रममा पुडासैनी मृत्यु प्रकरणबारे बहस गर्न नपाइने आदेश दिइएको अदालतका सेरेस्तेदार रूद्रमणी गिरीले जानकारी दिए ।

पुडासैनीको आत्महत्या दुरुत्साहनको विषयमा १० दिन देखि हिरासतमा रहेका छामिछानेलाई सोमबार जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

अदालतको आदेश पत्रमा उनलाई मुद्दाबारे आफ्नो टेलिभिजन कार्यक्रममा यो बिषयमा कुनै कुरापनि नबोल्न भनेको छ । यसका साथै अदालतको अनुमतिमा मात्र रविले विदेश जान पाउने आदेश पनि छ ।

न्युज २४ टेलिभिजनको  ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका पूर्व पत्रकार पुडासैनी २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

उनको साथबाट प्रहरीले प्राप्त गरेको भिडियोमा रवि लगायत उनके सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्कीले आफुलाई मर्न बाध्य पारेको बताएका थिए । सोहि भिडियो र पीडितको किटानी जाहेरीका आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरी दशदिनसम्म हिरासतमा राखी अनुसंन्धान गरेको थियो ।

यो पनि हर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार