
काठमाडौं । काठमाडौंको नयां वानेश्वरस्थित काठमाण्डौं जेभियर्स पब्लिक स्कुलका विधार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण दिइएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र वानेश्वर र प्रहरी वृत्त नयाँ वानेश्वरको संयुक्त आयोजनामा, काठमाण्डौँ जेभियर्स पब्लिक स्कुलको सहकार्यमा एक विशेष सडक सुरक्षा सम्बन्धी ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण दिइएको हो । आइतबार सम्पन्न उक्त विशेष प्रशिक्षण कार्यक्रममा स्कुलका कक्षा ८, ९ र १० मा अध्यनरत ७० जना विद्यार्थीहरू सहभागी रहेको स्कुलका प्रिन्सिपल आरबी अधिकारीले जानकारी दिए ।

उनकाअनुसार सहभागी विधार्थीहरुलाई सडक सुरक्षा, ट्राफिक नियम, पैदल तथा सवारी साधन चलाउँदा अपनाउनुपर्ने सावधानीहरू लगायतका विषयमा जानकारी दिइएको थियो।
विधार्थीहरुको ट्राफिक सुरक्षा र जानकारी लागि कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल अधिकारीले बताए । यस कार्यक्रमले विद्यार्थीहरूमा ट्राफिक नियमको महत्त्व र सडक सुरक्षाप्रतिको चेतना अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुर्याएको उनको भनाई छ।
स्कुलले आफ्ना विधार्थीहरुको चौतर्फी विकासका लागि यस्ता अतिरिक्त कार्यक्रमहरु बेलाखबत गर्दै आएको प्रिन्सिपल अधिकारीले बताए ।












