काठमाडौं । मलेसियामा एक नेपाली युवकले आफ्नै सुपरभाइजरको हत्या गरिदिएका छन् । त्यहाँको एउटा अपार्टमेन्टमा सेक्युरिटी गार्डका रुपमा काम गर्ने ति नेपाली युवकले आफुले तलब नपाएको भन्दै सुपरभाइजरको हत्या गरेको बताइएको छ । घटनापछि प्रहरीले कम्पनीमा कार्यरत ३ जना नेपाली सेक्युरिटी गार्डलाई पक्राउ गरेको जनाएको छ ।
सोमबार दिउँसो भएको उक्त घटनामा कम्पनीका सुपरभाइजर ५४ वर्षीय ली पोह मेङ मारिएका हुन् । उनको लास प्रहरीले अपार्टमेन्टको शौचालयभित्र फेला पारेको थियो । १ सेप्टेम्बरको बेलुकी ६ः१० बजेतिर पीडितलाई कन्ट्रोल रुमभित्रै हेल्मेटले लगातार हानिएको सीसीटीभी फुटेजका आधारमा ति नेपाली युवाहरुलाई पक्राउ गरिएको हो । पक्राउ गरिएका तिनीहरुके नाम र ठेगाना प्रहरीले खुलाएको छैन ।










