काठमाडौं । केही समययता सुनको मूल्य बढ्नेक्रम जारी छ । बुधबार सुनको मूल्य ७३ हजार पुगेको छ । बुधबार प्रतितोला एक हजार रुपैयाँ बढेर छापावाला सुन ७३ हजार ५ सय पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ७३ हजार २ सय रुपैयाँ तोकेको छ ।
मंगलबार छापावल सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय तथा तेजावी ७२ हजार २ सय थियो । गत भदौ ९ गते पनि सुनको मूल्य आजकै बराबर थियो ।










