रवि ओडको आवाजमा रमा शाहीको “जुन होकी मेरो बाबा” सार्वजनिक (भिडियोसहित)

काठमाडौं । कलाकार रमा शाहीको “जुन होकी मेरो बाबा” गीत सार्वजनिक भएको छ । बुवाको माया, ममता र सम्झानामा सर्मपित गीतमा रवि ओड र रीता केसीले मिठो आवाज दिएका छन् ।

लक्ष्मण वियोगीको शब्द सिर्जना, कलम सौरागको अरेन्ज र राज कुमार बगरको कर्णपृय संगीतमा बनेको आधुनिक गीतमा रमा स्वयमले अभिनय गरेकी छन् । गीतमा रमा वाहेक विनोद श्रेष्ठ, किरण शाही र कृती सिंहको पनि अभिनय रहेको छ । गीतमा परिनिधि शाही र युनिक मल्लले बाल कलाकारको अभिनय गरेका छन् । गीतमा भिडियो डिरेक्सन टेकेन्द्र शाहले गरेका हुन्

कलाकार रमा शाहीले स्वर्गीय बुवाहरु वीरचन्द बहादुर शाही र लाल बहादुर शाहीको सम्झनामा आफ्नै लगानीमा गीत निर्माण गरेकी हुन् । सोमबार उनले ‘रमा दि शाही क्वीन’ नाम गरेको युट्युब च्यानलबाट गीत सार्वजनिक गरेकी छन् ।

स्वर्गीय बुवाहरुको सम्मान र सम्झनामा कुशे औंशीको अवसरमा गीत सार्वजनिक गरेको कलाकार शाहीले बताइन् । बुवाको सम्मान र सम्झानामा अन्य सामाजिक कार्यहरु पनि गर्दै आएकी उनले गीत संगीतमार्फत पनि बुवाप्रति उच्च सम्मान र सम्झना प्रकट गरेकी छन् ।
कलाकार शाहीले नेपाली गीत संगीतको संरक्षण, सम्बर्द्धन र प्रचार प्रसारमा योगदान दिदै आएकी छन् ।

गीत हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार