
रौतहट । मुस्लिम समुदायले राखेको झण्डाको बिषयमा रौतहटमा दुइ समुहबीच झडप अवस्था तानवपुर्ण भएको छ । झडपले उग्ररुप लिएपछि प्रहरीले ३० राउण्ड हवाइफायर र ३२ सेल भन्दाबढी अश्रुग्यास प्रहार गरेको छ ।
रौतहटको राजपुर–६ कुडियाबजार नजिकै रहेको पोखरीको किनारमा मुस्लिम समुदायले राखेको झण्डा निकालेको विषयलाई लिएर झपड भएको बुझिएको छ ।
झडपका क्रममा प्रहरीको गाडीमाथी आक्रमण भएपछि प्रहरीले बाध्य भए हवाइ फायर खोलेको प्रहरीले जनाएको छ ।
अहिले पनि कुडियाबजार क्षेत्र तनावग्रस्त रहेको बताइएको छ । त्यस क्षेत्रमा बाक्लोरुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
कुडियाबजार देखिएको समस्या समाधान गर्नका लागि जिल्ला प्रशासन कार्यालय रोतहटमा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक पनि बसेको छ ।
घटनाको सुरुवात
बुधबार साँझ छठ पर्व मनाउनेहरुले बनाएको श्री सप्ताह मूर्ति तोडफोड भएपछि विवाद सुरु भएको थियो । श्री सप्ताह मुर्ति तोडफोड भएको र त्यस ठाउँमा मुसलमान समुदायको झण्डा देखिएपछि विवाद सुरु भएको हो ।
यहि विषयलाई लिएर बुधबार राति पनि झडप हुँदा प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो ।
विवाद समाधान गर्नका लागि स्थानीय प्रहरी प्रशासनले बिहीबार विहान मुस्लिम अगुवाहरु सँग छलफल गरेको थियो । मुस्लिम अगुवासँगको छलफलपछि प्रहरीले पोखरी किनारमा राखेको झण्डा हटाएको थियो ।
सोही झण्डा हटाएको विरोधमा बिहीबार दिउँसो करिब साढे एक बजेतीर झडप भएको बताइन्छ ।










