ज्ञानेन्द्र शाही घटनाको अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन

चितवन । भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीमाथि शनिवार चितवनमा भएको घटनाको अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको हो।

पीडित पक्षबाट उजुरी नपरेपछि प्रहरी कार्यालयले घटनाको अनुसन्धान गर्न समिति बनाएको बताएको छ । समितिले घटना कसरी घट्यो र संलग्न व्यक्तिको पहिचान गर्ने काम गर्नेछ । घटनाको  समितिले तीन दिनभित्र आफ्नो प्रतिवेदन पेश गरेपछि सोही आधारमा दोषीलाई कारवाही गर्न प्रहरीले काम सुरु गर्ने छ ।

शनिबार दिउँसो भरतपुरको चौविसकोठीमा शाहीले सम्बोधन गर्न लागेको कार्यक्रम बिथोलिएपछि फर्कने क्रममा होटल परिसरमा उनीमाथि आक्रमण भएको थियो । उनी चढेको माइक्रोबसमा आक्रमण भएको हो । सो क्रममा घाइते भएका शाहीको काठमाडौंको ट्मा सेन्टरमा उपचार भइरहेको छ ।

भिडियोहरु पनि हेर्नुहोस

नेकपा कै युवा नेताहरुद्धारा मेयर रेणु दाहालको राजिनामा माग ।

नामै किटेर भने यि ४ जना गुण्डाहरुले ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्न लगाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार