
काठमाडौं । हिन्दूधर्मालम्बीहरुमा बडादशैंको टीकाको ज्यादै महत्व हुन्छ । दशैंको टीका आफु भन्दा जेष्ठ, आमाबुवा, गुरुजन लगायत बिशिष्ठ ब्यक्तीत्वबाट लगाउने गरिन्छ । टीका कुन बेला लगाउने भन्ने पनि अर्को महत्वपुर्ण कुरा हुन्छ ।
हरेक बर्ष टीकाको साइत फरक फरक समयमा लगाउने भनि पञ्चाङ्ग निर्णायक समितिले निर्णय गर्ने गर्दछ । यसबर्ष पनि भोली मंगलबार परेको विजयादशमीको टीकाको शुभ साइतको समय पनि तोकिएको छ ।
पञ्चाङ्ग निर्णायक समितिका अनुसार यसबर्षको दशैंको टीका लगाउने उत्तम समय बिहान १० बजेर २५ मिनेटलाई मानिएको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
पञ्चाङ्ग निर्णायक समितिले नेपालमा मात्रै नभएर अन्य देशहरुमा रहेका हिन्दूधर्मालम्बी नेपालीहरुका लागि पनि टीकाको उत्तम समय निकालेको जनाएको छ । दशैंको टीका थाप्ने उत्तम समय तोकिएको भएपनि दशैंको दिनभरी नै आफन्तजनबाट टीका र आर्शिवाद ग्रहण गर्न सकिने समितिका अध्यक्ष डा. माधव भट्टराईले बताए ।
हेर्नुहोस अन्य देशमा टीकाको साइत यस्तो छ ।











