
File Photo
काठमाडौं । नेपाली हिन्दूधर्मालम्कीहरुको महान चाँड विजया दशमी आज धुमधामसंग मनाइदैछ । नौं दिनसम्म विभिन्न शक्तीपिठहरुको पुजाआजा गरिसकेपछि दशौंदिनमा दशमी मनाउने प्रचलन छ ।
दशैमा मान्यजनबाट टीका र जमरा लगाई आर्शिवाद दिने लिने र मिठा मिठा परिकार खाने गरिन्छ । आफु भन्दा मान्यजन, आमाबुवा, जेष्ठ, गुरुजनबाट टीका र जमरा लगाउने गरिन्छ । दशैको अवसरमा विभिन्न माध्यमबाट एकअर्कालाई शुभकामना समेत दिने गरिन्छ ।
कतिपय ठाउँमा दशैको दिनमा मेला समेत लाग्ने गर्दछ ।
टीका लागाउने उत्तम साइत कति बजे ?
दशैंको टीका लागाउने उत्तम साइत अहिले बिहान १०ः३५ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएके छ ।
विजयादशमी आफैंँमा शुभ दिन भएकाले आजदिनभर पनि टीका लगाउन सकिने छ । तर, राज्य सञ्चालकले भने शुभ साइतमै टीका लगाउनुपर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
टीका लागाउने विधि
दशैको टीका थाप्दा समेत विभिन्न विधि र प्रकृयाहरु रहेका छन् । यस बर्ष दशैमंगलबार परेकाले मङ्गलबार चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइने मानिस पूर्व फर्कनुपर्ने अध्यक्ष गौतमको भनाई छ।
उनका अनुसार टीका लगाइदिनेले भने पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले बताए ।
मंगलबारदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ ।










