राजधानीमै पुरानो घर भत्किदा एकको मृत्यु दुई घाइते

काठमाडौं । पुरानो घर भत्किदा काठमाडौंको चावहिलमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घर भत्काउन सहयोग गरिरहेका दीपक तामाङको उपचारका क्रममा मित्रपार्कमा रहेको दीर्घायु गुरु अस्पतामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चावहिलस्थित केएल टावर नजिकै रहेको पुरानो घर भत्काउँदा अन्य दुई जना मजदुर घाइते भएका छन् ।  घाइते भएका मजदुर रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगरको उपचार भइरहेको छ ।

बुधबार दिउँसो घर धनिले पुरानो घर भत्काउने भन्दै कामदार लगाएको थियो । घर भत्काउदै गर्दा एक्कासी पुरै घर भत्किएर घटना भएको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार