भक्तपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल अत्यन्तै अप्ठेरो अवस्थामा रहेको बताएका छन् ।
सोमबार नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति भक्तपुरले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले भने, “देश अत्यन्तै अप्ठेरो अवस्थामा पुगेको छ, अहिले कम्युनिस्ट सरकार मुलुकमा भएकाले देश अत्यन्तै कठिन अवस्थामा पुगेको छ ।”
सरकारले जनताका अधिकार खोस्न नयाँ नयाँ विधेयकहरु ल्याएको भन्दै देउवाले खेति नगरेको वहानामा सरकारले जग्गा खोस्न लागेको आरोप लगाए ।
कुनै पनि व्यक्तिलाई आफ्नो जग्गाजमिन प्यारो हुन्छ उनले भने, खेति नगरको बहानामा व्यक्तिको जमिन हडप्न सरकार आफै लागि परेको छ । सरकारको चर्को आलोचना गरेका देउवाले जनता महंगी लगाएत घुसखोरी जस्ता समस्याको पीडित रहेको दावी गरे ।









