पूर्वसभामुख महराको बयानः ‘म रोशनीको घर गएकै छैन,

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले आफुमाथि यौन दुब्र्यवहार गरेको आरोप लगाउने महिलाको घरै नगएको बताएका छन् ।शुक्रबार जिल्ला अदालत काठमाडौंमा भएको बयानमा महराले आफू पीडित भनिएकी युवती रोशनी शाहीको घरै नगएको जिकिर गरेका हुन ।

जिल्ला सरकारी वकिल कार्यालयले गरेको निरन्तर बयानका क्रममा महराले आफू त्यही बाटो भएर गए पनि पीडित भनिएकी शाहीको घरमा नगएको बताएका छन् । महराको बयान जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा अहिले पनि जारि छ । बयान सकिए लगत्तै थुनछेक बहस सुरु हुने बताइएको छ ।

प्रहरीले महरामाथि २० दिनसम्म गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले महराविरूद्ध आफ्नै कार्यालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको मुद्दा हिजो जिल्ला अदालतमा दर्ता भएको थियो।

सरकारी वकिल कार्यालयले अदालतमा बुझाएको अभियोगपत्रमा सबैभन्दा बलियो प्रमाण घटनाकै रात शाहीको कोठामा पुगेर प्रहरीले लिएको भिडियो रेकर्डलाई लिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार