
चितवन । नेपालका लागि नेपाली अभियानमा संलग्न ज्ञानेन्द्र शाहीमाथि कुटपिट गरेको आरोपमा चितवनबाट एक जना पक्राउ परेका छन् ।
चितवनमा शाहीमाथि भएको आक्रमणमा संलग्न भएको भन्दै चितवनको भरतपुर– ११ बाट अबिरल पोखरेललाई पक्राउ गरिएको चितवन प्रहरीका एसपी दानबहादुर मल्लले जानकारी दिए । शाहीमाथि आक्रमण गर्ने अन्यको खोजी भइरहेको उनले बताए।
शाहीमाथि आक्रमण भएको भन्दै एक साताअघि चितवन प्रहरीमा किटानी जाहेरी परेको थियो छ । सोही जाहेरीको आधारमा प्रहरीले आक्रमणमा संलग्नहरुको खोजी गरिरहेको छ । गत असोज ११ गते भरतपुरको चौविसकोठी नजिक माइक्रोबसमा सवार शाहीमाथि युवाहरुको एक समूहले आक्रमण गरेको थियो ।









