
काठमाडौं । चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने ‘मुख्य आरोपी’लाई ज्यान मार्ने उद्योगको कसूरमा अनुसन्धान भइरहेको छ । प्रहरीले मुख्य आरोपी अविरल पोखरेललाई ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको बताएको छ ।
भरतपुर महानगरपालिकाका सवारी चालक अविरल कात्तिक १९ गते पक्राउ परेका थिए। प्रहरीले उनलाई २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्ने छ ।
शाही गत असोज ११ गते चितवन कार्मक्रमका लागि गएका बेला आक्रमण भएको थियो। पोखरेलमाथि अनुसन्धान थालिए पनि अन्य व्यक्तिहरू भने पक्राउ परेका छैनन्।










