काठमाडौं । सोमबार राती सिरहाको लहानबाट ‘गायब’ पारिएको नेपाल आयल निगमको ट्याङ्कर धनुषामा फेला परेको छ।
अमलेखगञ्जबाट मंसिर १ गते २० हजार डिजेल लोड ना४ख ४१६३ नम्बरको ट्यांकर सोमबार राति ११ लहानबाट गायब भएको थियो। तीब्र रुपमा खोजीकार्य गर्दा मंगलबार धनुषाको सपहीमा फेला परेको प्रहरीले जनाएको छ । ट्याकंर रित्तो रहेको बताइएको छ ।
एक समूहले सिराहको लहान पुगेपछि ट्यांकर र चालक गायब पारेको थियो । त्यसको केही समयपछि चालक रामदेव यादव र सहचालक उमेश यादव भने सम्पर्कमा आएका थिए।
उनीहरूका अनुसार मुखमा पट्टी बाँधेर आएका ६र७ जना नकाबधारीले ट्यांकर नियन्त्रणमा लिएर आफूहरूलाई जिपमा राखी बर्दिबास र लालबन्दीबीचको जंगलमा छोडेर ट्यांकर लिएर भागेको बताएका थिए।
प्रहरीले ट्यांकर गायब पार्ने समूहको खोजी गरिरहेको छ ।










