सिन्धुपाल्चोक । चीनसँग सीमाना जोडिएको सिन्धुपाल्चोकको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ । नाका बुधबारदेखि सञ्चालनमा आएको बताइएको छ ।
विभिन्न कारणले गत माघ १३ गतेदेखि नाका बन्द भएको थियो । कोभिड- १९ को जोखिम हुन नदिन नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएपछि बुधबारदेखि नाका सञ्चालन गरिएको बताइएको छ ।
नाकाबाट बुधबार नै १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएको जनाइएको छ । नाका सञ्चालनमा आएपछि अत्यावश्यक सामग्री आयात गर्न सजिलो हुने भएको छ ।










