
धादिङ । धादिङका एक युवकमा पनि कोरोना पोजिटिभ देखिएको । धादिङको ज्वालामुखी–३, अमराई निवासी २७ बर्षीय ती युवकको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा पोजिटिभ देखिएको ज्वालामुखीका स्वास्थ्य संयोजक सुजन श्रेष्ठका बताए।
उनका अनुसार ति युवक गत फागुन २० गते दक्षिण कोरियाबाट नेपाल फर्केका थिए ।
ति युवकलाई थप परीक्षणका लागि सदरमुकामस्थित अस्थायी आइसोलेसनमा राखेर स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
थप रिपोर्ट आएपछि युवकका परिवार र सम्पर्कमा आएका ब्यक्तिलाई पनि क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइने प्रजिअ तामाङले बताए ।
फागुन २० मै नेपाल आएका उनलाई चैत २ / ३ गते नै ज्वरो आएको बताइएको छ। ‘
विदेशबाट फर्केकाले उनि र उनको परिवारलाई छरछिमेकले क्वारेन्टिनमा बस्न आग्रह गरेका थिए तर, उनले आफू हेटौंडामै २ हप्ता बसेर आएको भनेर पन्छिएको समेत बताइएको छ ।










