
काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका २९६ जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) रिर्पोट नेगेटिभ आएको छ ।
उक्त अर्पाटमेन्टको ब्लग ए मा बस्ने दुईजनामा कोरोना संक्रमण भेटिएपछि बुधबार बिहानदेखि त्यहाँ बस्ने २९६ जनाको आरडीटी परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरि थापाले बताए ।
उनका अनुसार अपार्टमेन्टमा बस्ने सबै व्यक्ति तथा वरपर रहेका पसललेहरुको पनि आरडीटी गर्नुपर्ने चिकित्सकको सुझाव रहेकाले भोलीदेखि अन्यको परीक्षण हुनेछ। अर्पाटमेन्ट र वरपर बस्ने करिब १३ सयको भोलीदेखि सुरु हुने मेयर थापाले बताए ।
गत चैत ५ गते बेलायतबाट फर्केका आमा र छोरालाई हिजो कोरोना पोजेटिभ देखिएपछि उनिहरु बस्ने अपार्टमेन्टको ब्लगमा आज आरडीटी गरिएको थियो ।
संक्रमित दुई जना अहिले पाटन अस्पतालको आइसोलेसनमा छन्। सोही परिवारका अर्का एक जना महिलामा पहिलो परीक्षण्मा रिपोर्ट नेगेटिभ आएको छ। उनी पनि अस्पतालमै छिन्।उनको दोस्रो चरणमा परीक्षण गर्ने तयारी रहेको अस्पतालले जनाएको छ ।










