चितवनमा र्‍यापिड टेस्ट गर्दा एक जनाको एन्टीबडी पोजिटिभ

चितवन । चितवनको रत्ननगरका एक जनाको एन्टीबडी पोजिटेभ देखिएको छ । बुधबार रत्ननगर नगरपालिकाका ४७ वर्षका एक पुरुषको एन्टीबडी पोजिटिभ देखिएको हो ।

उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो । बुधबारमात्रै चितवको रत्ननगर नगरपालिकाका ३९ जनाको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ ।

३९ जनामा एक जनाको मात्रै पोजिटिभ देखिएको बताइएको छ । रिर्पोट पोजिटिभ आएपछि उनलाई रत्ननगरकै गुञ्जमान सिंह अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । उनको अवस्था सामान्य रहेको र कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको अस्पताल स्रोतले जनाएको  छ ।
रत्ननगर नगरपालिकाकै स्थानीय बासिन्दा उनी ३२ दिनअघि दक्षिण कोरियाबाट नेपाल आएका थिए । उनको प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरी भरतपुर कोरोना प्रयोगशालामा पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार