डाक्टर कुट्ने डिएसपीलाई कारवाही

काठमाडौं । डिउटी सकेर घर फर्किदै गरेका डाक्टरमाथि कुटपिट गर्ने डिएसपीलाई कारवाही गरिएको छ । महाराजगञ्जका डिएसपी उमेश लम्साललाई कारवाहीं स्वरुप जिम्मेवारीबाट हटाइएको हो ।

उनीसहितको प्रहरीको टोलीले बुधबार राति त्रिवि शिक्षण र कान्ति बाल अस्पतालका डाक्टरहरुलाई कुटपिट गरेका थिए । बिहीबार नै लम्साललाई महाराजगञ्ज वृत्तको प्रमुखबाट हटाएर महानगरीय प्रहरी कार्यालयमा तानिएको छ।

त्यस्तै कुटपिटमा संलग्न अन्य प्रहरीहरूलाई पनि कार्यालय तानिएका छन् ।

घटनाको विषयमा अनुसन्धान गर्न एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा समिति पनि बनाएको छ। समितिले डाक्टरमाथिको कुटपिटका विषयमा अध्ययन गर्नेछ ।

बुधबार राति आफ्नो डिउटी सकेर घर फर्किदै गर्दा प्रहरीको टोलीले डाक्टरलाई कुटपिट गरेको विषयमा व्यापक आलोचना भएपछि यस्तो निर्णय भएको हो । प्रहरीले विज्ञप्ति निकालेर यो घटनामा दुख व्यक्त गर्दै आगामि दिनमा यस्ता घटना नदोहोरिने पनि बताएको छ ।

विश्वभर फैलिएको कोरोना महामारीलाई फैलिन नदिनका लागि विगत २४ दिन देखि नेपाल पनि लकडाउनमा छ । यो अवधिमा कसैलाई पनि हिड्डुल गर्न दिइएको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार