गाउँपालिकाद्धारा दीर्घरोगीलाई घरमै औषधि पुर्याउने व्यवस्था

बैतडी । विश्वभर फैलिएको कोरोना भाइरसका कारण धेरै देश लकडाउन घाेषणा गरिएका छन् । कोरोनाको संक्रमण फैलिन नदिनका लागि लकडाउन घोषणा गरिएका हुन् ।

नेपालमा पनि कोरोना नियन्त्रणका लागि विभिन्न प्रयास भइरहेका छन् । गत चैत ११ गतेबाट देश लकडाउनमा छ । लकडाउन भएपछि आवतजावत बन्द हुँदा दैनिक औषधि सेवन गरिराख्ने विरामीलाई पनि समस्या भएको छ ।

यो समस्यालाई मध्यनजर गरी बैतडीको डिलाशैनी गाउँपालिकाले आफ्नो कार्यक्षेत्र भित्र पर्ने दीर्घरोगीका लागि घरमै निःशुल्क औषधि पुर्याउने व्यवस्था गर्न लागेको छ । नियमति औषधि सेवन गर्नुपर्ने नागरिकलाई सहताका लागि यस्तो व्यवस्था गर्न लागेको हो ।

गाउँपालिकाले दम, मधुमेह, मुटुरोगलगायत लामो समयदेखि औषधि सेवन गरिरहेका नागरिकलाई महिला स्वास्थ्य स्वयंसेविकामार्फत निःशुल्क घरमै औषधि पुर्याउने व्यवस्था गर्ने बताएकाे छ ।

पालिकाले प्रत्येक वडामा नियमित औषधि सेवन गरिरहेका नागरिकको तथ्याङ्क सङ्कलन गरी सोही आधारमा औषधि खरिद गरेर घरघरमा पुर्याउने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार