
अस्पतालका प्रवक्ता अनुप बास्तोलाका अनुसार ति युवाका पछिल्ला रिर्पोटहरु नेगेटिभ आएपछि उनलाई डिस्र्चाज गरिन लागेको हो ।
चैत्र ६ गते युएईबाट फर्केका उनलाई चैत १२ गते कोरोना संक्रमण पुष्टि भएपछि टेकु अस्पताल भर्ना गरिएको थियो।
कोरोना संक्रमणपछि नेपालमा निको हुने उनि छैंटौं ब्यक्ति हुन । पाँचौं ब्यक्तिका रुपमा हिजामात्रै सेती प्रादेशिक अस्पताल धनगढी कैलालीबाट एक स्थानिय युवा निको भएर घर फर्केका थिए ।
टेकु अस्पतालबाटै गत शनिबार मात्रै फ्रान्सबाट आएकी काठमाडौं निवासी प्रसिद्धि श्रेष्ठ २७ दिनपछि कोरोना जितेर घर फर्किएकी थिइन्। टेकु अस्पतालबाट उपचारपछि निको भएर उनिसहित दुईजना घर फर्किसकेका छन् । नेपालमा हालसम्म ४२ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् ।










