भारतबाट आएका चार हजारबढीको काेराेना परीक्षण गरिने

बैतडी । बैतडीमा भारतबाट आफ्नो जिल्लामा आएका चार हजार बढीको कोरोना परीक्षण गरिने भएको छ । भारतबाट जिल्ला आएका चार हजार १ सय २२ जनाको र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) गरिने भएको हो ।

भारतसँग सिमाना जोडिएको बैतडीमा चैत महिनामा मात्रै ४ हजार ८ सय २२ जना जिल्ला भित्रिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अहिलेसम्म सात सय जनाको आरडीटी र स्वाब परीक्षण गरिएको छ ।

जिल्लामा परीक्षण गर्ने किटको अभावले गर्दा परीक्षणमा समस्या भइरहेको बताइएको छ । अहिले एक हजार ६ सय र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) किट मात्रै भएकाले थप किट प्रदेश सरकारबाट मगाउने पहल भइरहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

बैतडीमा भारतबाट आएका सबै जना क्वारेन्टाइनमा बस्न मानिरहेका छैन् । राम्रो व्यवस्था नभएकाले बस्न समस्या भएको उनीहरुले गुनासो गरेका छन् ।

तर बैतडी भारतसँग सिमाना जोडिएको जिल्ला भएकाले सिमा नाकामा कडाई गर्ने, एक ठाउँबाट अर्को ठाउँमा आवत जावत रोक्ने लगाएतका काम भइरहेका छन् । कोरोना रोकथामका लागि स्थानीय सरकार र अन्य सरोकारवाला निकाय लागिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार