सांसद अपहरणको मुद्दा टेकु प्रहरीले नलिएपछि बाबुराम भट्टराई आक्रोशित


काठमाडौं । सांसद डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धिको मुद्दा टेकु प्रहरीले नलिएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले आक्रोष पोखेका छन् ।

नवगठित जनता समाजवादी पार्टी (जसपा) का संयोजक समेत रहेका डा. भट्टराईले आफ्ना सांसद डा.यादवलाई अपहरण गरेको बिषयमा उजुरी दिन जाँदा महानगरीय प्रहरी परिसर टेकुले लिन अस्विकार गरेपछि आक्रोष पोखेका हुन ।

टेकु प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवाली कार्यालयमा नहुँदा एसपी सोमेन्द्र राठोरले समेत उजुरी दर्ता गर्न नमिल्ने भन्दै फर्काएको बताइएको छ । एसपी राठोरले दर्ता गर्ने नै भए घटना भएको भनिएको जिल्ला महोत्तरी जान समेत सुझाव दिएका छन् ।

उजुरी दिनका लागि जसपाका संयोजक डा. भट्टराईसहित नेता उपेन्द्र यादव, राजेन्द्र महतो, डा. यादव स्वयमका नेताहरु आइतबार दिउँसो  टेकु पुगेका थिए ।

जसपाले आफ्ना सांसद यावदलाई अपहरणगरी राताराता काठमाडौं ल्याइएको भन्दै सांसद महेश बस्नेत, कृष्ण (किसान) श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालविरुद्ध जाहेरी दिन टेकु पुगेका थिए ।

पूर्वआईजिपी खनाल, सांसद बस्नेत र श्रेष्ठले वैशाख १० गते महोत्तरी पुगेर सांसद डा. यादवलाई रातारात काठमाडौं ल्याएर एक होटलमा राखेका थिए ।

यहि घटनालाई लिएर जसपा नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीबिरुद्ध गम्भिर षड्यन्त्र गरेर आफ्ना सांसदको अपहरण गरिएको दाबी गर्दै आएको छ । उसले तत्कालीन समाजवादी पार्टी फुटाउने उदेश्य साथ आफ्ना सांसदको अपहरण गरिएको दावी गरेको छ ।

सांसदलाई अपहरण गरेको कुरा सबैतिर आइसक्दा पनि प्रहरीले जाहेरी नलिनु दुखत भएको भन्दै डा. भट्टराईले सामाजिक संजाल टुईटरमा आक्रोष पोखेका छन् ।

“यत्रो देशविदेश तरंगीत गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित व्यक्तिले महानगरीय प्रहरी परिसरमा समयभित्र विधिसम्मत ढ‌ंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?, डा. भट्टराईले टुईट गरेका छन् । ”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार