चट्याङ लागेर सिन्धुलीमा एक जनाको मृत्यु

सिन्धुली । चट्याङ लागेर सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हरिहरपुरगढी गाउँपालिका २ का ३० वर्षीया पुरुषोत्तम राई रहेका छन् ।

उनको बुबालाई खाना पुर्याएर फर्किने क्रममा चट्याङ लागेर मृत्यु भएको हो । पानीसँगै चट्याङको तरङ्ग लागि घाइते भएका उनको उपचारका लागि स्थानीय पोलिक्लिनिक झनझने लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

उनका बुबा आफ्नै पानीघट्टमा काम गर्न गएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार