चितवनमा प्रहरीमाथि आक्रमण, प्रतिकारस्वरुप हवाई फायर

चितवन । चितवनमा प्रहरीको टोेलीमाथि स्थानीयले आग्रमण गरेका छन् । जिल्लाको राप्ती नगरपालिका ५ चौकीडाँडामा गाँजा बरामद गरेर फर्किँदै गरेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका हुन् ।

स्थानीयको आक्रमणबाट तीन जना प्रहरी घाईते भएका छन् भने प्रहरीको गाडी तोडफोड गरिएको छ । प्रतिकारस्वरुप प्रहरीले एक राउन्ड हवाई फायर गरेको बताइएको छ ।

शुक्रबार राप्ती नगरपालिका १२ बाट ३४ किलो गाँजा बरामद गरेर फर्किरहेको टोटीमाथि राति साढे ९ बजेतिर स्थानीयबासीले आक्रमण गरेका थिए ।

प्रहरीले आक्रमणमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार