कोरोना संक्रमित नेपालीको संख्या साउदीमा ६ सय नाघ्यो, एकको मृत्यु


काठमाडौँ । कोरोना संक्रमित नेपालीको संख्या साउदी अरबमा ६ सय नाघेको छ । साउदी अरबमा अहिलेसम्म ६ सय ७४ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ११ जना महिला कामदार रहेका छन् । कोरोना संक्रमणकै कारण एक नेपालीको मृत्यु भइसकेको छ । साउदीमा यतिधेरै संक्रमति भेटिनु अहिलेसम्मकै ठुलो संख्या भएको दूतावासले जनाएको छ ।

साउदी अरबमा सबै भन्दा बढी संक्रमित पूर्वी क्षेत्रमा ३ सय ३६ जना, पश्चिम क्षेत्र मक्का, मदिना, जेद्दा र जजान लगाएतका ठाउँमा १ सय ४८ जना, रियाद क्षेत्रमा १ सय ७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरु संक्रमित भएको दूतावासको तथ्यांकमा उल्लेख गरिएको छ ।

संक्रमित भएकामध्ये केही व्यक्ति निको भएर काममा फर्किसकेका छन् । केहीको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार