कोरोनाकाबीच सरकारद्धारा ६ सय नेपालीलाई जापान जान दिने निर्णय


काठमाडौं । सरकारले लकडाउनका बीच नेपालीलाई जापान र हङकङ जान दिने निर्णय गरेको छ । उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले कोरोनाका कारण सबै प्रकृया मिलेर पनि रोकिएका करिव ६ सय नेपालीलाई जापान र हङकङ जान दिने निर्णय गरेको हो ।

बैठकले उनीहरुलाई चार्टर फ्लाइटमार्फत जान दिने निर्णय समेत गरेको बताइएको छ । जापान जान चाहने करिब ६ हजार नेपाली रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

तालिम र अध्ययन लगायतका सिलसिलामा जापान रहेका तर अहिले नेपाल आएर कोरोनाका कारण बसेका करिव ६ सय विद्यार्थी तथा नेपाली नागरिकलाई आवश्यक जाँच पूरा गरी चार्टर फ्लाइटबाट जापान जान दिने निर्णय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यस्तै हङकङ आइडी भएका तर नेपालमा लकडाउनका कारण फसेकालाई पनि चार्टर विमानमार्फत जान दिने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार