गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर, आइसियूमा उपचार हुँदै

गुल्मी । गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भिर रहेको बताइएको छ । आज (सोमबार) मात्रै संक्रमण पुष्टि भएका
४१ वर्षीय पुरुषको अहिले रुपन्देको भैरहवास्थित भीम अप्पतालको आइसियूमा उपचार भइरहेको बताइएको छ ।

गुल्मीको मदाने गाउँपालिका– ६ पुर्कोट दह निवासी शिक्षक रहेका उनीमा स्वास्थ्य समस्या आएपछि देखिएपछि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पताल भर्ना गरिएको थियो ।

जण्डिस र निमोनिया भएको भन्दै आफन्तले जेठ १ गते क्रिमसन अस्पताल भर्ना गरेका थिए । त्यहाँ दुई दिन आईसीयूमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । त्यहाँ उनको अवस्था गम्भिर भएपछि उनलाई भीम अस्पताल रेफर गरिएको हो ।

स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अस्पतालका अनुसार उनको अवस्था गम्भीर रहेको छ ।

उनको जेठ २ गते कोरोना जाँचका लागि थ्रोट स्वाब संकलन गरेर भैरहवास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो ।
त्यसको रिर्पोट आज पोजेटिभ आएको मन्त्रालयले पुष्टि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार