कोरोना संक्रमणबाट साउदीमा एकैदिन ७ नेपालीको मृत्यु, संक्रमितको संख्या हजार नाघ्यो


काठमाडौं । कोरोना संक्रमणबाट साउदी अरबमा एकैदिन ७ जना नेपालीको मृत्यु भएको छ । बिहीबार उनीहरुको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ ।

त्यसैगरी साउदीमा संक्रमित नेपालीको संख्या पनि एक हजार नाघेको छ । अहिलेसम्म एक हजार ३ सय ६४ नेपाली संक्रमित भएका छन् । संक्रमितको संख्या अझै बढ्न सक्ने दूतावासले जनाएको छ ।

संक्रमितहरु रियाद क्षेत्रमा २ सय ९९ जना, पूर्वी क्षेत्रमा ६ सय ९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्र ३ र दूतावासले हेर्ने क्षेत्रमा १ हजार १६ जना संक्रमित भएका छन् । त्यस्तै जेद्दा क्षेत्रमा १७६, मक्कामा ६५, मदिनामा ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना गरी ३४८ जना संक्रमित भएका दूतावास रियादले जनाएको छ।

दूतावासले कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपालीलाई विभिन्न निकाएको सहयोगमा खाद्यान्न र सामान्य मेडिसिन उपलब्ध गराउँदै आएको छ । अहिलेसम्म साउदी अरबमा कोरोना भाइरसको संक्रमणबाट ६५ हजार ७७ जना संक्रमित भएका छन् भने ३ सय ५१ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार