दैलेख । शबिार विहान थपिएका दैलेखका १४ जना कोरोना संक्रमित भारतबाट आएको खुलेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट कोरोना पोजिटिभ देखिएका उनीहरु भारतबाट आएको खुलेको हो ।
दैलेखमा शनिबार विहान मात्रै थप १४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै देलेखमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।
नयाँ सक्रमित दैलेखको नारायण नगरपालिका वडा नं २ का एकजना, ३ एकजना, ४ का तीनजना, ६ का एकजना, ८ का दुईजना, ९ का दुईजना, १० का दुईजना र ११ का दुई जना रहेका छन् ।










