कर्णाली प्रदेशमा सोमबार ४३ संक्रमित थपिए


सुर्खेत । कर्णाली प्रदेशमा सोमबार ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ सय ६६ पुगेको छ ।

नयाँ संक्रमित दुई प्रहरी सहित जुम्लाका १९ जना र दैलेखका १४ जना रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

जुम्लाको हिमा गाउँपालिका १, ५, ६ र ७ वडाका ८ जना र सिंजा गाउँपालिका ३, ४, ५, र ६ का ९ जना पुरुष छन् । त्यस्तै दैलेखका २४ जना नयाँ संक्रमितमध्ये नारायण नगरपालिका २, ४, ५ र ९ का १७ पुरुष र दुल्लु नगरपालिका ८ र १२ का ७ जना संक्रमित रहेका छन् ।

तीमध्ये २ वर्षीय बालक र २ जना महिला रहेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार